नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा सम्बद्ध युवाहरूलाई संघीय चुनावको तयारीमा लाग्न निर्देशन

images
  • 86
    SHARES
  • आषाढ ४, २०७९ शनिबार
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा सम्बद्ध युवाहरूलाई संघीय चुनावको तयारीमा लाग्न निर्देशन
    images

    काठमाडाैँ 

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा सम्बद्ध युवाहरूलाई संघीय चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    Madhav-Kumar-Nepal-3-1024x624_20220410152629.jpg

     

    एकीकृत समाजवादीको युवा विशेष जिल्ला कमिटीको कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै नेपालले टोलटोल पुगेर पार्टीको चुनाव चिह्न प्रचार गर्न र निर्वाचन बुथ केन्द्रित संगठन विस्तार गर्न निर्देशन दिएका हुन् ।

    ‘६ महिनाभित्र चुनाव आउँछ । जनताको विश्वास जितेर, जनताको शक्तिमाथि भरोसा गरेर अघि बढ्न चाहन्छौं । अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा जुट्न ढिलो गर्नुहुँदैन । टोलटोलमा पुग्ने गरी तयारीमा जुट्नुहोला,’ नेपालले भने ।

    स्थानीय तहको चुनावको बेला ७५३ मध्ये ७० प्रतिशत पालिकामा मात्रै पुग्न सकिएको पनि उनले बताए । ‘३० प्रतिशत वडामा पुग्न सकेका रहेनछौं । जनताको माझमा जाने गति सुस्त हुनुपुग्यो । अब त्यस्तो हुनुहुँदैन,’ उनले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend