प्रतिनिधिसभाको आजको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने तयारी

images
  • 129
    SHARES
  • आषाढ १५, २०८२ आइतबार
    प्रतिनिधिसभाको आजको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने तयारी
    images

    काठमाण्डौ 

    प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने कार्यसूची रहेको छ । संघीयता कार्यान्वयनमा देखिएको प्रशासनिक जटिलता समाधान गर्न विधेयक महत्वपूर्ण मानिएको छ ।

    यसअघि असार ३ गते पारित गर्ने भनिएको विधेयक अन्तिम समयमा आएर रोकिएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गर्न प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि सांसदहरूले धारणा राख्नेछन् र विधेयक पारित गरिनेछ ।

    प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाबाट पुनः पारित भएर फर्किएपछि सभामुखबाट प्रमाणित भएर राष्ट्रपतिको प्रमाणीकरणपछि विधेयक कार्यान्वयनमा आउनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend