एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ४ सय २१ रनको लक्ष्य दियो

images
  • 132
    SHARES
  • आषाढ १५, २०८२ आइतबार
    एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ४ सय २१ रनको लक्ष्य दियो
    images

    काठमाण्डौ 

    एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई चार सय २१ रनको लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर चार सय २० रन बनायाे ।

    नेपालका प्रसिद्ध जैशीले शतक बनाए । प्रसिद्ध एक सय १४ बलमा एक सय ३२ रन बनाएर आउट भए । यस्तै रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रन बनाए । इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई विकेट लिए ।

    यो नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीले ५० ओभरको खेलमा बनाएको सबैभन्दा धेरै रन हो । अहिलेसम्म खेलेका दुई वटै खेलमा नेपाल विजयी भएको छ । आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट र दोश्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो ।

    १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । चार खेलमा छ अङ्कसहित सिङ्गापुर शीर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि मङ्गलवार भुटानसँग खल्नेछ ।

    समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend