ज्ञानेन्द्रको टिप्पणीःआफ्नै जिल्लाकी निर्मलालाई न्याय नदिएका गृहमन्त्रीले एलिना र समीक्षालाई दिन्छन् रे

images
  • 359
    SHARES
  • आषाढ १७, २०८२ मंगलबार
    ज्ञानेन्द्रको टिप्पणीःआफ्नै जिल्लाकी निर्मलालाई न्याय नदिएका गृहमन्त्रीले एलिना र समीक्षालाई दिन्छन् रे
    images

    काठमाडौं,असार १७

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्रीले एलिना र समीक्षालाई न्याय दिन्छु भन्ने कुरालाई दिएर टिप्पणी गरेका छन्।

    मंगलबार सामाजिक सञ्जालमा लेख्दै शाहीले आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिन नसकेको पनि आरोप लगाएका छन्। उनले लेखेका छन्, एलिना र समीक्षालाई न्याय दिलाउँछु भनेछन् गृहमन्त्री ज्युले आफ्नै जिल्लाकी निर्मला पन्तको बलात्कार पछि हत्याको सिकार हुँदा त न्याय नदिएकाले गायिका बहिनीहरूलाई न्याय दिन्छन् रे ? सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले मंगलबार नै गृहमन्त्री रमेश लेखकसँग भेटका थिए।

    उनले आफूहरूले दुर्व्यवहार भोगिरहेको विषयमा आवश्यक सहयोग प्रदान गर्न गृहमन्त्रीलाई विशेष धन्यवाद समेत दिएका छन्।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend