वर्षमान पुन : अब राजनीतिक नेतृत्व सचेत हुनुपर्छ

images
  • 96
    SHARES
  • आषाढ ४, २०७९ शनिबार
    वर्षमान पुन  : अब राजनीतिक नेतृत्व सचेत हुनुपर्छ
    images

    काठमाडौँ  

     अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझै पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।

    barsaman_xmFBT1eqpg_20220618191104.jpg

     

    पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गरेकोमा आपत्ति जनाएका हुन् ।

    मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरेका थिए ।

    ‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने हो । सामान्यत: परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरि कानुन मन्त्रालयको समेत परामर्श लिएर क्याबिनेटबाट निर्णय गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नुपर्थ्यो । तर यी सबै कुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भीर कुरा हो । अब यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ,’ नेता पुनले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend