रामचन्द्र पौडेल : प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेको छ

images
  • 93
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    रामचन्द्र पौडेल : प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेको छ
    images

    दमौली 

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गरेका छन् । 

    1568972089_ramchandra_20210823133456.jpg

     

    व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको बताए । 

    व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताए । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षरोपण गरेका छन् । गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend