कांग्रेस सचेतक भुसाल : प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन

images
  • 108
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    कांग्रेस सचेतक  भुसाल : प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएका छन् ।

    puspa-bhusal_20220617174205.png

     

    समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सांसदहरुले देउवाको बचाउ गरेका हुन् ।नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरिन् । ‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै उनले भनिन्, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् ।

    नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend