देवघाट सार्वजनिक पुस्तकालय र देवघाट सामुदायिक सिकाइ केन्द्रको साधरण सभा सम्पन्न

images
  • 295
    SHARES
  • भाद्र १५, २०८२ आइतबार
    देवघाट सार्वजनिक पुस्तकालय र देवघाट  सामुदायिक सिकाइ केन्द्रको साधरण सभा सम्पन्न
    images

    अठारौं राष्ट्रिय पुस्ताकलय दिवसको अवसरमा आइतबार देवघाट गाउँपालिकामा पुस्तकालयको महत्वको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा देवघाट सार्वजिनक पुस्ताकलयको २१ औं र देवघाट सामुदायिक सिकाई केन्द्रको १२ औं साधारणसभा समेत आयोजना गरियो ।

    देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरी राज लौडरीले देवघाट पस्तकालयले देवघाटको जनतामा शिक्षा र ज्ञानको ज्योती छर्ने भुमिका खेलेको बताए । उनले पुस्ताकलयको लागि क्षेत्र क्षेत्र विकास समितिले आफ्नो तह बाट सहयोग गर्ने बताए ।
    स्वागत मन्तव्य राख्दै देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले मानिसमा चेतना ज्ञान दिनको लागि यस पुस्ताकलयले महत्वपूर्ण भुमिका खेलिरहेको बताए । देशमा चमत्कारको कामहरु भएका छन र देशमा विभिन्न राम्रो गतिविधिहरु हुँदै गएको भन्दै पौडेलले तिनिहरु पक्कै पनि मानिसमा चेतनाको विकास भएर नै देशको गतिविधिहरुमा सकरात्मक पक्षहरु देखा परेको बताए । पौडेलले पुस्ताकलय आइतवार बन्द हुने र अरु बार खुला रहने हुँदा सबैजनालाइ पुस्तक पढी र ज्ञान प्राप्त गर्न अनुरोध गरे । देवघाट सार्वजानिक पुस्तकालयमा सबै प्रकारका आठ हजार भन्दा बढी पुस्तक रहेको पौडेलले बताए ।सो कार्यक्रममा पुस्ताकलयको लागि महत्वपूर्ण योगदान गर्ने ६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वेशिसहर–१० लमजुङका लिला बहादुर घिमिरे, देवघाट–५ का देविलाल गौतम, देवघाट–५ कै प्रकाश आचार्य, कृष्णनगर–१ क्पिलबस्तुका विष्णुभक्त भुसाल, भरतपुर–६ चितवनका पदमपाणी लामिछाने र देवघाट चितवनका इन्दिरा घिमिरे रहेका छन् ।
    त्यसैगरि सोही अवसरमा पुस्तकालयका नियमित पाठकहरु देवघाट–५ का शुनिल घिमिरे, सोभा भुषाल खरेल तथा भरतपुर–८ चितवनका रामचन्द्र घिमिरेलाई सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रम देवघाट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    यसैविच देवघाट सार्वजानिक पुस्तकालयको २१ औं साधारणसभाले पुस्तकालयको अध्यक्षमा फणिन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । महेश संस्कृत विद्यापिठका प्राचार्य पौडेल यस अघि पुस्तकालयको सचिव थिए । त्यसैगरि पुस्तकालयको सचिवमा सिताराम संस्कृत माविका सहायक प्रअ अर्जुन पाण्डेय चयन भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend