हरिहर बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न

images
  • 303
    SHARES
  • आश्विन २९, २०८२ बुधबार
    हरिहर बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा एवम्   तेस्रो अधिवेशन सम्पन्न
    images
    देवघाट गाउँपालिका- ५ स्थित हरिहर बचत तथा ऋण सहकारी संस्थाको १०औँ बार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशन आज बुधबार नमस्ते देवघाट गार्डेन रिसोर्टमा सम्पन्न भएको छ ।
    उक्त कार्यक्रमको शेयर सदस्य मध्येका जेष्ठ सदस्य दिव्यदेव पौडेलले उद्घाटन गरे । कार्यक्रममा हरिहर बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्ष रोशन देव आचार्यले कार्यसमितिहरुले पनि आफ्नो धर्म नछोडी काम गर्दै सेयर सदस्यहरुले जुन विस्वास दिएर काम गर्नुपर्ने बताए ।सो अधिवशेनबाट सहकारीको अध्यक्षमा किरण सुवेदी, उपाध्यक्ष नरमाया फेवाली, सचिव अनिल मिश्र, कोषाध्यक्ष अर्जुन प्रसाद अधिकारी चयन भएका छन् ।यसैगरि सदस्यहरुमा सालिकराम मिश्र, विष्णु बहादुर कमली, खेम राना अनिसा बोटे, ऐलिजा अधिकारी क्षेत्री, भारती शर्मा, सम्झना खत्री लगायतका छन् ।त्यस्तै लेखा सुपरिवेक्षण समिति तर्फ सयोजकमा विनोद सारु तथा सदस्यहरु गणेश थापा र निस्मा थापा चयन भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend