देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ साधारणसभा सम्पन

images
  • 535
    SHARES
  • कार्तिक ११, २०८२ सोमबार
    देवघाट बचत तथा ऋण सहकारी संस्था  लिमिटेडको १४ औँ साधारणसभा  सम्पन
    images
    देवघाट,
    देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। सहकारी मार्फत स्थानीय समुदायमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको यो सहकारीले हालसम्मको यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ। सभाको आयोजना नमस्ते देवघाट गार्डेन रिसोर्ट, देवघाटमा गरिएको थियो। कार्यक्रममा देवघाट बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री पूर्ण बहादुर कुँवर प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने हालका अध्यक्ष श्री अर्जुन अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
    कार्यक्रममा देवघाट गाउँपालिकाका सहकारी शाखा प्रमुख श्री कृष्णराज पन्त विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सहकारीका उपाध्यक्ष प्रशन्न ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्दै संस्थाको प्रारम्भदेखि हालसम्मको यात्रा, सदस्यहरूको सक्रिय सहभागिता र सहकारीका सामाजिक उत्तरदायित्वप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। सहकारीका पूर्व सदस्य श्री बाबुराम पौडेल र श्री पञ्च बहादुर आलेलगायत अतिथिहरूले संस्थाको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीयस्तरमा रोजगारी, बचत संस्कार र आर्थिक सचेतनामा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो। प्रमुख अतिथि श्री कुँवरले संस्थाको स्थापनाकालीन उद्देश्य र सहकारी आन्दोलनको महत्वबारे प्रकाश पार्दै आगामी दिनमा अझ सबल र पारदर्शी सहकारी अभ्यासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमको सञ्चालन सहकारीका सचिव श्री महेशराज भट्टराईले गर्नुभएको थियो। सभामा लेखा समिति संयोजक श्री भिम प्रसाद सापकोटाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसमा सहकारीको आय–व्यय विवरण, सम्पत्ति, दायित्व र आगामी आर्थिक वर्षका सुधार योजनाहरू समावेश गरिएको थियो। सभामा अध्यक्ष श्री अर्जुन अधिकारीले चालु आर्थिक वर्षको गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम र विभिन्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएको थियो। उहाँले सदस्यहरूको निरन्तर विश्वास र सहकार्यका कारण सहकारीले निरन्तर उचाइ लिँदै गएको बताउँदै आगामी वर्ष संस्थालाई अझ सशक्त र सदस्यमुखी बनाउन प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष बासुदेव तिवारी, पदाधिकारीहरु, शेयर सदस्य, स्थानीय समुदायका अगुवा, समाजसेवी, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।सभाको समापनमा सहकारीका अध्यक्ष अधिकारीले सबै सदस्य, अतिथि र सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै सहकारीलाई सबैको साझा घरको रूपमा अगाडि बढाउन आह्वान गर्नुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend