देवघाट,
देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०८२ को तयारी बैठक सम्पन्न भएको छ।यही कार्तिक १८ गते कार्तिक स्नान अन्तर्गत वैकुण्ठ चतुर्दशीको पुण्य अवसरमा आयोजना हुने देवघाटधाम गण्डकी परिक्रमाको पाचौं श्रङखलाको तयारी बैठक नेपाल सन्त समाजका अध्यक्ष तथा श्री हरिहर सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको सान्निध्य तथा विशेष उपस्थिति एवं अन्य सन्त माहात्माहरु ,
समन्वय संस्थाहरु देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरराज लौडारी ,कार्यकारी निर्देशक सदन बराल , सदस्य रामहरि पुडासैनी एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा , वडा न.५ का वडा अध्यक्ष पुर्ण बहादुर कुंवर पुर्व वडाध्यक्ष वडा न ५ का याल बहादुर गुरुङ लगायत अन्य स्थानीय देवघाट क्षेत्र ,चितवन र नवलपुर गैंडाकोट क्षेत्रका स्थानीय संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरु ,सामाजिक ,राजनीतिक तथा बौद्धिक विशिष्टजनहरुको तयारी बैठकमा व्यापक उपस्थिति रहेको थियो ।
सर्वप्रथम कार्यक्रमको शुरुआतमा उपस्थित व्यक्तित्व्वहरु सङ्ग विगतका वर्षहरुमा आयोजना गरिएको गण्डकी परिक्रमाको मुल्यांकन र आगामी गण्डकी परिक्रमाको तयारीको लागि आवश्यक सल्लाह र सुझावहरुको माग आयोजक पक्ष द्वारा गरिएको थियो ।
जस अन्तर्गत सामाजिक राजनीतिक व्यक्तित्व केशव चन्द्र न्यौपाने ,समन्वय संस्थाका पदाधिकारीहरु लगायत देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल ,वागेश्वरी आध्यात्मिक परिषदका संरक्षक एव गौरीश्वर मन्दिरका अध्यक्ष शैलेन्द्र पिया,धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटा श्री मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना लगायतले आफ्नो तर्फबाट सल्लाह सुझाव र विचार व्यक्त गर्नु भएको थियो । जस अन्तर्गत देवघाटधाम गण्डकी परिक्रमाको व्यापक तयारी र भविष्यमा पनि यसको पौराणिक महत्त्व लाई कायम राख्दै अगाडि बढ्नु पर्ने स्नानघाट निकट नयाँ झोलुङ्गे पूल निर्माण गर्न स्थानीय निकाय ले पहल गर्नु पर्ने ,गण्डकी परिक्रमाको इतिहास लाई कायम राख्न स्थानीय निकाय संघ संस्था तथा नेपाल पन्चाङ निर्णायक समितिका भित्तेपात्री तथा पात्रोहरुमा तस्बिर तथा नाना अङ्कित गर्नु पर्ने ,विभिन्न संस्कृति झल्किने आदिवासी जनजातिहरुलाइ पनि कार्यक्रममा शामिल गर्नु पर्ने ,लगायत विषयहरुमा आ आफ्नो सल्लाह र सुझाव हरु पेश गर्नु भएको थियो । कार्यक्रमको व्यापक प्रचार प्रसारको लागि मधुवन सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीको संयोजकत्वमा यही कार्तिक १७ गते ॐकार अङ्कित झण्डा सहित वृहत् मोटरसाइकल र्यालीको आयोजना गर्ने बैठकले निर्णय गरेको छ।
अन्त्यमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज द्वारा समन्वय संस्थाका अध्यक्ष द्वय डा ईश्वरराज लौडारी र तिलबाहादुर थापा लाई ज व्यवस्थापन को लागि जिम्मेवारीपत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमको संचालन तथा सहजीकरण श्री महेश संस्कृत गुरुकुलम का उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेलले गर्नु भएको थियो ।
तस्बिर : बिहानी मिडिया



