मधुवन सामुदायिक वन उपभोक्त समुहको अध्यक्षमा पुनः डिल्लीराम गिरी चयन भएका छन् । वन समुहको शुक्रबार सम्पन्न २८ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । समुहको उपाध्यक्षमा कमला देवकोटा, सचिवमा गोपी अछामी मगर र कोषाध्यक्षमा निर्मला मगर चयन भएका छन् ।
उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले पछिल्लो समय सामुदायिक वनहरुले प्रतक्ष्य जनताहरुको जनजिवनसँग जोडिने कार्यहरु गर्दै आएको बताए । यसरि नै हरेक सामुदायिक वनले उपभोक्ताको आर्थिक तथा सामाजिक पक्षसँग जोडिने क्रियाकलापहरु गर्दै जान पर्ने अध्यक्ष थापाले बताए । हरेक सामुदायिक वनले खाली रहेको जग्गामा फलफुलहरु जटिवुटी जस्ता विरुवाहरु रोपी आयस्रोत बनाउन पर्ने अध्यक्ष थापाले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले मधुवन सामुदायिक वन नेपालकै उत्कृष्ट वन हुनुमा सबैको मेहेनत भएको र सबैले जस लिन मिल्ने बताए । पछिल्लो समय सामुदायिक वनहरु प्रति मुद्धा पर्दै गरेको र ती समस्याहरुसँग सधै वन महासंघ ढाल बनेर उभिदै सामुदायिक वनको हक अधिकारको सरंक्षण गर्दै आएको न्यौपानेले बताए । देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कुँवरले मधुवन सामुदायिक वन नेपालका २३ हजार वन समुहहरु मध्ये दोश्रो भएको हुदा वडा मात्र नभई सिङ्गो देवघाटको नाम मधुवनले राखेको कुवरले बताए । सव डिभिजन वन कार्यालय देवघाटका वन प्राविधिक लोकराज उपाध्यायले मधुवन सामुदायिक वनले पछिल्लो समयमा धेरै काम गर्दै आएको हुँदा गणेशमान सिह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउन सफल भएको बताए ।कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले मधु वन सामुदायिक वनले धेरै राम्रो काम गर्दै आएको भन्दै मधुवन सामुदायिक वनले उपभोक्ताहरुको प्रतक्ष्य लाभ देखिने गरि काम गर्दै आएको बताए । सहि व्यक्ति सहि ठाउँमा हुदा संस्थाले धेरै उदाहरणीय काम गर्दै जाने त्यस्को उदाहरण मधुुवन रहेको श्रेष्ठले बताए । वन समुहका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले वडा ५ कमिटिका अध्यक्ष विकास ढकाल, कालिका सामुदायिक वन समुहका अध्यक्ष अमर फेवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन सचिव धन बहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कमला देवकोटाले राखेकी थिइन् ।



