देव गुरुङ : पार्टीले मन्त्री परिवर्तनको प्रस्ताव गरेको छैन

images
  • 107
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    देव गुरुङ : पार्टीले मन्त्री परिवर्तनको प्रस्ताव गरेको छैन
    images

    काठमाडौं 

    सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन ।

    Dev-Gurung_20220303160402.jpg

     

    सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टयाए ।

    सांसद गुरुङले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने पनि बताए ।

    अनिवार्य रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो ।सांसद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणा समेत राखे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend