देवघाट तनहुँ:असार ६ गते
नवलपुरको धुम्सिमा जि नाईन(G9) क्लबले आयोजना नाईन ए (9A) साईट फुटबल प्रतियोगिताको फाइनलमा हिजो यात्रा क्लबलाई ट्राईबेकर ४-२ले पछी पर्दै देवघाट फुटबल क्लबले बिजयी भएको थियो ।

प्रतियोगिताको फाइनल खेलामा निर्धारित समय २५/२५ मिनेट सम्म पनि दुवैतर्फबाट राम्रो अवसर प्राप्त भए पनि गोल हुन नसक्दा खेल ट्राईबेकरमा पुगेको थियो। सो ट्राईबेकरमा देवघाट फुटबल क्लबको तर्फबाट सुजन राना,शुसन गुरुङ,कृष्ण मगर र सुजन मगरले गोल गरेका थिए।






