स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यक्रम आज सम्पन्न

images
  • 256
    SHARES
  • पौष १३, २०७८ मंगलबार
    स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यक्रम आज सम्पन्न
    images

    आशिक राना देवघाट तनहुँ:१३पैष २०७८ तनहुँ देवघाट गाउँपालिकाको सभा हलमा देवघाट गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराकको सहयोगमा भएको "व्यबहारमा परिबर्तन,कार्यसम्पादनमा सुधार" स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यक्रम यहीँ पुष ११ गते बाट सुरु भइ आज १३ गते सम्म सम्पन्न भएको छ।

    1.jpg

    सो कार्यक्रमलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले स्थानीय तहमा मात्र नभाइ लैङ्गकि समानता हरेक क्षेत्रमा हुनुपर्ने बताउनु भयो।साथै अध्यक्ष थापाले समुदायमा महिला हिंसा,अपाङ्गता बेचबिखन बालशोषण र सामाजिक दुर व्यबहार अन्त्यको लागी हामी सवै जुटेर अगाडी बढ्नु पर्ने मा जोड दिनुभएको थियो।

    2.jpg

    कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले निती कानुन योजना संस्थागत ब्यवस्थापन मानव संसाधन तथा क्षेमता बिकास सेवा प्रभाव सुशासन तथा उत्तरदायित्व थप कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयलाई जोड दिनुभएको थियो।

    3.jpg

    कार्यक्रममा देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो भने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराका प्रशिक्षक शुसिला शर्मा र नबिन चन्द्र घिमिरे प्रशिक्षण दिनुभएको थियो भएको थियो भने देवघाट गाउँपालिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले सो सुचकको बिषयमा आफ्नो भनाइ राख्नु भएको थियो।

    4.jpg

    कार्यक्रममा देवघाट गाउँपालका उपाध्यक्ष बिमला थापा, देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,कार्यपालिका सदस्य बालकुमारी परियार,भोगीमाया राना,अनिता गुरुङ,यममाया गुरुङ,चन्द्रप्रकाश बि.क र रत्न बहादुर बोट,५ नम्बर वडा सदस्य टुकनाथ अधिकारी,भोजराज नैनावस्ती,४ नम्बर वडा सदस्य पशुपति तिवारी,देवघाट गाउँपालिका प्रसान शाखा प्रमुख गोविन्द पौडेल,योजना शाखा प्रमुख रामप्रसाद सापकोटा,शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,कार्यक्रम प्रमुख कृष्णराज पन्त,रोजगार प्रमुख ध्रुव आचार्य,आन्तरिक लेखापरीक्षक हेमराज शर्मा,खानेपानी शाखा प्रमुख ध्रुव चापागाईं,कृषि शाखा प्रमुख बिपना सुवेदी,पशु साखा प्रमुख दिपक बि.क लगाएको उपस्थित रहेको थियो भने सामाजिक सुरक्षा इकाई प्रमुख सम्झना खत्रीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

    5.jpg

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend