देवघाट तनहुँ:पौष २०७८ तनहुँको देवघाट गाउँपालिका वडा ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा "स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद" भन्ने मुल नारा लाई आत्मसात गर्दै देवघाट ब्याडमिन्टन संघको आयोजना यहीँ मिति २०७८ मंसिर २० देखी सुरु भएको ब्याडमिन्टन प्रशिक्षण कार्यक्रमलाई एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ।


सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रबक्ता एवम् देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताउदै दुव्यसनी कुलतमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्याउन सकिने उहाँले बताउनुभयो। साथै उहाँले शिक्षा,स्वास्थ्य,खेलकुद बिकासको निम्ति विभिन्न संघ संस्था संग समन्वय गरि अगाडी बढ्ने बताउनुभयो।

ब्याडमिन्टन प्रशिक्षणमा देवघाटका २५ जना युवाहरु सहभागिता रहेको र सहभागि प्रशिक्षार्थीहरुले प्रशिक्षण बाट तुलनात्मक रुपमा हिजोका दिनहरूमा भन्दा ब्याडमिन्टन खेल सम्बन्धि धेरै ज्ञान र अनुभव प्राप्त भएको देवघाट ब्याडमिन्टन संघ अध्यक्ष अनिल मिश्रले बताउनु भएको थियो। साथै अध्यक्ष मिश्र देवघाट ब्याडमिन्टन संघलाई स्थापन गरि अगाडी बढाउन उल्लेखनीय भुमिका रहि सहयोग पुर्याउनु हुने समाजसेवी ब्याक्ती तथा देवघाट ब्याडमिन्टन संघ संरक्षक चन्द्रप्रकाश दवाडी र एक महिना अबधि भर ब्याडमिन्टन प्रशिक्षण दिनु हुने प्रशिक्षक राजकुमार गुरुङ र सम्पुर्ण प्रशिक्षार्थीहरुलाई धन्यवाद समेत दिनु भयो।

कार्यक्रममा देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङले देवघाटमा ब्याडमिन्टन खेलको बिकास पनि अगाडी बढेको बताउदै प्रशिक्षण बाट खेलाडीहरुलाई थप हौसला प्रदान भएको बताउनुभयो।साथै देवघाट गाउँपालिकामा खेलकुद बिकासको निम्ति देवघाट युवा तथा खेलकुद समिति साथमा रहने समेत बताउनुभयो।



