हाजिरी जवाफ प्रतियोगितामा परमानन्द संस्कृत कुरुकुलम् प्रथम

images
  • 222
    SHARES
  • पौष २६, २०७८ सोमबार
    हाजिरी जवाफ प्रतियोगितामा परमानन्द संस्कृत कुरुकुलम् प्रथम
    images

    विकास पाण्डे देवघाट तनहुँ:२६ पौष२०७८ अन्तर निम्न माध्यमिक विद्यालय प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल प्रथम भएको छ ।

    1.jpg

    सामुदायिक रेडियो देवघाटको गौरवमय एघारौं बार्षिकोत्सवको दोश्रो दिनको कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा कालिका माध्यमिक विद्यालय द्धितिय भएको छ भने वेद वेदाङ्ग संस्कृत गुरुकुल तृतीय हुन सफल भएका छन् । प्रथम,द्धितिय र तृतीयलाई नगद सहित सम्मान गरिने रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताउनुभयो ।

    2.jpg

    कार्यक्रममा सामुदायिक तथा गुरुकुलम् का गरि ६ विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियो देवघाटका महासचिव निरन्जन हाडा,सदस्य विशाल बाबु तिमिल्सेना र बजार प्रवन्धक गोपाल चन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो । बार्षिकोत्सव अन्तरगत भोली देवघाटमा रहेका देवघाट वृद्ध आश्रममा फलफुल वितरण कार्यक्रम रहेको छ ।

    3.jpg

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend