बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि पुन: पीसीआर गरिने

images
  • 187
    SHARES
  • पौष २८, २०७८ बुधबार
    बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि पुन: पीसीआर गरिने
    images

    काठमाडौँ, पुस २७-

    प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ ।

    3.jpeg

    सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउदा देउवा बाहेक अन्य व्यक्तिमा कोरोना पोजिटिभ देखिएको हो ।

    त्यस्तै रिपोर्ट नेगेटिभ आएपनि देउवाले भोलि पुन: परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिने प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend