फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झर्‍याे

images
  • 112
    SHARES
  • आषाढ ९, २०७९ बिहीबार
    फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झर्‍याे
    images

    काठमाण्डाै 

    फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेकाे हाे । 

    national_football_team_j8AbWn4WJR.jpg

    नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेकाे छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो ।

    नेपालले गएकाे जेठमा कुवेतमा एएफसी एसियन कपकाे अन्तिम चरणकाे छनाेटमा खेल खेलेकाे थियाे । छनाेटमा समूह चरणकाे तीन वटै खेलमा नेपाल पराजित भएकाे थियाे, त्यही हारकाे असर याे वरीयतामा परेकाे हाे । 

    छनोट अन्तर्गत नेपाल पहिलाे जोर्डनसँग दुई–शू्न्य, दाेस्राे खेलमा कुवेतसँग चार–एक र तेस्राे खेलमा इन्डोनेसियासँग सात–शून्य गाेलले पराजित भएको थियो ।

    फिफा वरीयताकाे शीर्ष पाँचमा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड रहेका छन् । त्यस्तै स्पेन, इटली, नेदरल्यान्ड्स, पाेर्चुगल र डेनमार्क शीर्ष दशमा अटाएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend