वर्षाको कारण नेपाल एसिया कपमा छनोट हुन असफल

images
  • 107
    SHARES
  • आषाढ १०, २०७९ शुक्रबार
    वर्षाको कारण नेपाल एसिया कपमा छनोट हुन असफल
    images

    काठमाडौं 

    नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो ।

    mahila-circket_20220617124553.jpg

     

    खेल रद्द भएसँगै युएई फाइनलमा पुगेको छ । वर्षाअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो ।

    युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । यस्तै, इशा रोहितले १५, कप्तान छाया मुघलले १४ तथा खुसी शर्माले १२ रन बनाइन् ।नेपालकी अश्मिना कर्माचार्यले ५, इन्दु वर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् ।

    तर, दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो । पहिला पनि वर्षाका कारण ३० मिनेट ढिला भएको खेल अन्ततः फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend