घुस काण्डमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

images
  • 198
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    घुस काण्डमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित
    images

    काठमाडौं 

    सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई छुटाउनका लागि १० करोडको घुसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

    nyayadhik-rajkumar-koirala-e1655894711907_20220627170607.jpg

     

    न्यायपरिषदद्वारा गठित छानबिन समिति सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला स्वतः निलम्बनमा परेका हुन् । न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन १० करोड धरौटी माग्ने र काम गरेबापत २ करोड लिने डिल गरेको अडियो रेकर्ड सार्वजनिक गरेको थियो । उक्त डिल अडियो प्रकरण बाहिरिएसँगै न्यायपरिषदको बैठकले छानबिन समिति गठन गरेको थियो ।

    परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा छानबिन समिति गठन भएको छ । उक्त समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

    rajkumara_PZ7oQ2ovBr_20220627170658.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend