काठमाडौँ ।
बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता रहनेछ ।
यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।



