काठमाण्डौ, १० चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) चैत २५ देखि आयोजना गर्ने अनुमति दिएको छ । एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई प्रतियोगिता आयोजना गर्न चैत २५ देखि जेठ १ सम्मको लागि स्वीकृति प्रदान गरेको हो ।

पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टिमको सहभागिता रहेको छ ।



