राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ: प्रधानमन्त्री देउवा

images
  • 322
    SHARES
  • चैत्र ११, २०७८ शुक्रबार
    राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ: प्रधानमन्त्री देउवा
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा  आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन ।

    12.jpg

    शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उनले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे ।

    प्रधानमन्त्री  देउवाले भने, “देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ,  त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्वक छ ।” 

    “राष्ट्रिय सुरक्षालाई सर्वोपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनल ेभने, “राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।”
     
    सार्वजनिक निकायमा काम गर्ने राष्ट्रसेवकलाई समयसापेक्ष तालिम र अभिमुखीकरणमार्फत मुलुकको आन्तरिक र बाह्य  सुरक्षा चुनौतीका विषय र समाधानका सम्भावित उपायबारे सूचित गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले  मुलुकको एकीकृत प्रयासबाट सुरक्षा चुनौतीलाई सामना गर्न सबै निकाय सदैव सजग र सचेत रहनुपर्छ भने ।

    प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक सुरक्षा चुनौतीको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक रणनीतिक तथा शैक्षिक वृत्तलगायत आमनागरिकमा समेत सामरिक धारणा र सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुन जरुरी रहेको बताए ।
     
    उनले भने, “जलवायु परिवर्तन र कोभिड–१९ महामारीले विश्वसामु मानव सुरक्षालगायत समग्र सुरक्षा जटिलतालाई समेत स्पष्टसँग उजागर गरेको छ, संवेदनशील र गहन विषयका रुपमा रहेको राष्ट्रिय सुरक्षा सबैको साझा जिम्मेवारी हो ।” 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend