चितवन,नवलपुर र मकवानपुर जोडेर विकास प्राधिकरण बनाउने तयारीमा प्रचण्ड, महानगरको प्रशासनिक भवनको शिलन्यास

images
  • 136
    SHARES
  • चैत्र ११, २०७८ शुक्रबार
    चितवन,नवलपुर र मकवानपुर जोडेर विकास प्राधिकरण बनाउने तयारीमा प्रचण्ड, महानगरको प्रशासनिक भवनको शिलन्यास
    images

    275561958_518491942997064_30580875145972478_n_20220325153041.jpg

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन नवलपुर र मकवानपुर तिन जिल्ला जोडेर बिकास प्राधिकरण बनाउने बिषयमा छलफल भएको बताएका छन ।

    275677655_986553565329104_2144947198540802191_n_20220325141734.jpg

    दाहालले भने, "मैले सपना राख्दै आएको छु यहाँ शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक पुर्वाधार सबै दृष्टिकोणले यो क्षेत्रलाईनै मकवानपुर देखी नवलपुर सम्म बिकास प्राधिकरणको अवधारणामा छलफल गराउँदै छु "।

    p5_20220325152803.jpg

    नारायणी नदी, राप्ति, रिउ नदी र खोलालाई माध्यम बनाएर देबघाट,मौलाकालीका, सोमेश्वर गडी लाई प्रर्वधन गर्न सके बिश्वलाई  बिकासको सबै भन्दा राम्रो मोडलको मान्यता देखाउने हैसियत यहाँ बन्ने दाबी गरे । देशको केन्द्रमा रहेर महानगरले बिकासमा पनि आफुलाई अब्वल बनाएको समेत बताए । भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको उनकोे भनाई थियो । मेयर रेनु दाहालले सबै संग सहज रुपमा समन्वय गर्न सक्ने क्षमताका कारण भरतपुरमा बिकास सहज भएको दाहालले बताए ।  विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

    P3_20220325152850.jpg

    तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ,प्रचण्डले भने । देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उनको भनाइ छ । दाहालले  आफु चितवनकै जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तिब्रताका साथ अगाडी बढाईएको समेत बताए ।  भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडी भएको विकासबारे भन्न समेत संकोच मानेको उनले जनाए ।

    275674076_384657259864849_3862856342178432856_n_20220325153018.jpg

    राम्रो कामलाई राम्रो भन्न नसकेसम्म विकास नहुने पनि उनको तर्क छ । राजनितिक आग्रह र पुर्वाग्रह बाट मात्रै नर्हेन पनि आग्रह गरे ।केही राजनितीक दललाई भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेकोले विकास लाई पनि विकास भन्न नसकेको बताए ।

    275561958_518491942997064_30580875145972478_n_20220325153041.jpg

    कार्यक्रममा उद्योग बाणिज्य सघं चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, जसपाका नेता मुस्तफा अलि, एकीकृत  समाजवादी , जिल्ला उपाध्यक्ष , कृष्ण राज न्यौपाने, माओवादि केन्द्र जिल्ला संयोजक रामचन्द्र अधिकारी लगाएतले  शिक्षा , भौतिक पुर्वाधार, स्वास्थ्य , कृषि र सहकारि पर्यटन सडक पुर्वाधार लगाएतमा  धेरै विकास भएको बताए ।  उनिहरुले भरतपुर महानगरमा यो ५ वर्षमा गरेको विकास र संम्बृद्दि देखेर गर्भ लाग्ने गरेको बताउँदै बिकासको मोडल हेर्न महानगर आउन आग्रह गरे ।  त्यस्तै कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले संविधान र लोकतन्त्र संरक्षणमा गठबन्धन सरकारले गरेको काम उच्च भएको बताउदै भरतपुर महानगरमा पनि धेरै बिकास भएको बताए । उनले महानगरले प्रशासनिक भवन बनाउँदा आवस्यक छलफल गरी महानगरका सबै वडाका स्थानियलाई पहुँच पुग्ने गरी बिच भागमा बनाउँन सकेको भए धेरै राम्रो हुने बताए ।  

    P3_20220325152850.jpg

    त्यस्तै एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपाने महानगरमा प्रभाबकारी रुपमा बिकास  हुन नसकेको बताए । बिगतमा प्रचण्डबाटै शिलन्यास भएका पुर्वाधार र बाटोघाटाले निर्माणमा गति लिन नसकेको समेत बताए ।

    14.jpg

    उनले महानगरले बनाउँन लागेको भवन सुरवातकै चरणमा बनाएर अहिले सम्पन गरिसक्न पर्नेमा ढिलाई भएको तर ढिला भएपनि रम्रो सुरुवात भएको बताए । कार्यक्रममा मेयर दाहालले झण्डै १ अर्बमा बन्ने नयाँ भवनले नगरवासीलाई सेवा प्रवाहमा धेरै सहजता हुने बताईन् । महानगरले २ वटा लिफ्ट सहितको अत्याधुनिक सुबिधायुत्त भवन निर्माण लागि डिपिआर निर्माण गरेर टेन्डर आवहन गरिसकेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend