ओली : सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध अझैसम्म गरेकाे छैन

images
  • 136
    SHARES
  • आषाढ १८, २०७९ शनिबार
    ओली : सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध अझैसम्म गरेकाे छैन
    images

    काठमाण्डाै 

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको दाबी गर्नु भएको छ ।

    kp_oli_gTpzH3vdvN.jpg

    अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताउनु भएको हो । अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

    सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने स्पष्ट पार्नु भयो ।

    ‘हामीले सरकार छोडेको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश । ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्बर देशमा, जहाँ यति हिमाल, पहाड, उर्बर फाँटहरु छन् । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौ चामल मात्रै', उहाँले भन्नु भयो, 'हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि । अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नु भयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? यसरी अलमल्याउने र छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend