एमालेलाई गुल्मीमा हराउँछौं : माधवकुमार नेपाल

images
  • 181
    SHARES
  • चैत्र १२, २०७८ शनिबार
    एमालेलाई गुल्मीमा हराउँछौं : माधवकुमार नेपाल
    images

    गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीलाई गुल्मीमा पराजित गर्ने बताएका छन् ।जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् ।

    17.jpg

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन दिए । ‘जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ उनले भने ।

    नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे । एमालेमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको उनले आरोप लगाए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend