स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले मत हाल्न पाउने

images
  • 124
    SHARES
  • चैत्र १३, २०७८ आइतबार
    स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले मत हाल्न पाउने
    images

    काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । 

    election-commission.jpg

    निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख  ३३ हजार ७ सय २३ जना मतदाता आगमी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।

    जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ । त्यस्तै अन्यमा १८३ जना मतदाता छन् । 

    सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend