स्थानीय निर्वाचनको कार्ययोजना बनाउन एमाले स्थायी कमिटी बैठक जारी

images
  • 161
    SHARES
  • चैत्र १३, २०७८ आइतबार
    स्थानीय निर्वाचनको कार्ययोजना बनाउन एमाले स्थायी कमिटी बैठक जारी
    images

    काठमाडौं,१३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा स्थायी कमिटी बैठक जारी रहेको हो ।

    UML.jpg

    जारी एमाले स्थायी कमिटी बैठकले आशन्न स्थानीय तहको निर्वाचनको कार्ययोजना तय गर्ने बारेमा छलफल भईरहेको छ । बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने छ ।

    एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् भने ४ जना पदेन सदस्य छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend