एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा

images
  • 183
    SHARES
  • चैत्र १६, २०७८ बुधबार
    एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा
    images

    काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

    lumbiniyemale1648626381_20220330144241.jpg

    बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरिएको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

    पत्रकार सम्मेलनमा प्रदेशका एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले उक्त ठेक्काको मुख्य जिम्मेवार मुख्यमन्त्री केसी नै रहेको बताउँदे तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend