फूटबलर क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको एक क्लबले ३० करोड युरोको डील

images
  • 209
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    फूटबलर क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको एक क्लबले ३० करोड युरोको डील
    images

    काठमाडौँ  । 

    सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको एक क्लबले ३० करोड युरोको डील अफर गरेको छ । 

    ronaldo_20210616073902.jpg

    यो डील रोनाल्डोले स्वीकार गरे भने फूटबल इतिहासमै सबभन्दा बढी तलब खाने खेलाडी बन्नेछन् । कुन क्लबले यो अफर गरेको भनी खुलाइएको छैन । तर रोनाल्डोले केही दिनअघि म्यानचेस्टर युनाइटेड छोड्न मन लागेको बताएका थिए । 

     

    करीयरको अन्तिम चरणमा रहेका रोनाल्डोले च्याम्पियन्स लीगमा खेल्न इच्छा गरेका छन् र यस सीजनमा म्यानचेस्टर युनाइटेड सेलेक्ट नै भएन । रोनाल्डोले युनाइटेडका लागि प्रि सीजन ट्रेनिङ समेत नगरी परिवारसँग थाइल्यान्डमा छुट्टी बिताइरहेका छन् । 

     

    तर युनाइटेडका कोच एरिक टेन ह्यागले रोनाल्डोसँग कुरा गर्ने र क्लबमै राख्ने बताएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend