काठमाण्डौ, १७ चैत । त्रिदेशिय टी–२० श्रृङखलामा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो साढे १२ बजे हुनेछ ।

आज नेपाल विजयी भए श्रृङ्खलाको फाइनलमा पुग्नेछ । आजको खेल नेपाली समूहका लागि ५० औं टी–२० अन्तराष्ट्रिय हुनेछ ।
नेपालले अहिलेसम्म खेलेका ४९ खेलमा २७ खेलमा जित निकालेको छ भने २१ खेल हारेको छ । एक खेलमा भने नतिजा आउन सकेको थिएन ।



