एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटघाट, स्थानीय निर्वाचनमा तालमेलबारे प्रारम्भिक छलफल

images
  • 114
    SHARES
  • चैत्र १८, २०७८ शुक्रबार
    एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटघाट, स्थानीय निर्वाचनमा तालमेलबारे प्रारम्भिक छलफल
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति  दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।

    oli-dhawal_20220401091111.jpg

    स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ । महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।

    अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

    ‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend