बिकास पाण्डे ,
नेपालि कांग्रेस देबघाट गाउपालिका कार्यसमितिको गाउ सम्मेलन देबघाट गाउपालिका वडा नम्बर ५ को नयाबस्ती हाट बजार मा भब्यताका साथ सम्पन्न भएको छ ।

सम्मेलनको प्रमुख अतिथिमा नेपालि कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल रहनुभएको थियो । कार्यक्रमा नेपालि काङ्ग्रेस का केन्द्रिय सदस्य शंखर भण्डारी , नेपालि काङ्ग्रेस का केन्द्रिय सदस्य गोबिन्द भट्टराई , लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

नेपालि कांग्रेसका बरिस्ठ नेता पौडेलले नेपालि कांग्रेस पार्टि जनताको सुख दुखमा साथ दिन जन्मेको र गाउ गाउमा शिक्षा , सवास्थ्य र रोजगारी सिर्जना गर्न आफु सधै लागि परेको बताउनुभयो । सुकुम्बासि समस्या को चिन्ता ब्यक्त गर्दै पौडेलले लालपुर्जा दिन केहि ढिला भएता पनि यहि सरकारले चाडो भन्दा चाडो लालपुर्जा बितरणको प्रक्रिया लाई अघाडि बडाउने बताउनुभयो । पौडेल ले ठिमुराको पुल पनि चाडै नै बन्ने र शालिग्राम मार्ग , वेणि संगममा त्रिकोणत्मक पुल बन्ने बारे पनि चर्चा गनुभयो ।

यस्तै नेपालि काङ्ग्रेस का केन्द्रिय सदस्य शंखर भण्डारी ले देबघाटका सबै वडा मा कांग्रेस का उम्मेद्वार हुने बताउनुभएको छ । निर्वाचनमा विभिन्न राजनीतिका दलबिच गठबन्दन गर्ने तयारि भए पनि भण्डारी ले देबघाटमा सबै कांग्रेसका उम्मेद्वार हुने बताउनु भयो । वहाले काङ्ग्रेस देबघाटले शनिवार आयोजना गरेको गाउ सम्मेलन मा सम्बोधन गर्दै भन्नुभयो , टिकटमा सबैको दाबि हुन्छ , टिकट एउटा ले पाएपछि सबै एक ढिक्का हुनु पर्छ । भण्डारी ले चुनाबमा कार्यकर्तालाई कसैले उच्छ्ंिखल ब्यबहार गर्छ भने चुप लागेर नबस्ने चेतावनी दिए ।

सामाजिक सुरक्षा भत्ता कांग्रेस ले सुरु गरेको दाबि गर्दै त्यसलाई एमालेको सरकारले बृद्घ भत्ता को नाम दिएको जिकिर गरे । यस्तै कार्यक्रमा नेपालि काङ्ग्रेस का केन्द्रिय सदस्य गोबिन्द भट्टराई ले कम्निस्टलाई ५ बर्ष जनताले देश चलााउन जिम्मा दिए पनि कम्निस्टले देश चलाउन नसकेको र आफ्नो बहुमत नभए पनि गठबन्धन गरेर सरकार चलाउन परेको बताउनु भयो ।

वहाले अबको ५० बर्ष नेपालि काङ्ग्रेसलाई सरकारमा नआउने भनेको कम्निस्ट आफै ५० बर्ष नआउने भएको समेत बताउनु भयो । म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्नेलाइ देख्न पनि नसक्ने भन्ने वलि सरकार भ्रष्टाचारै भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो । नेपालि काङ्ग्रेस देबघाट गाउ कार्य समितिका सभापति तिल बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपालि काङ्ग्रेस देबघाट गाउ कार्य समितिका सचिव भरत आचार्यले सहजिकरण गर्नुभएको थियो ।



