माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

images
  • 113
    SHARES
  • चैत्र २०, २०७८ आइतबार
    माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा
    images

    काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

    sarbocha_20210604123110.png

    सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend