श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदले दिए राजीनामा

images
  • 128
    SHARES
  • चैत्र २२, २०७८ मंगलबार
    श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदले दिए राजीनामा
    images

    काठमाडौं।  श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन्। राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका हुन्।

    Sri-Lanka-cancels-school-exams-over-paper-shortage-as-financial-crisis-bites_20220405142046.jpg

    आर्थिक र विदेशी मुद्रा संकटका कारण विद्युत कटौती र अभावको सामना गरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएको छ। अलग भएका सांसदहरूले विपक्षीहरूलाई समर्थन गर्ने विषयमा केही खुलाएका छैनन्।

    राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विपक्षीले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गर्दै आएका छन्। राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए। तर राष्ट्रपति र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा नदिने बताउँदै आएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend