वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर

images
  • 162
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर
    images

    काठमाडौं । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताए ।

    kuwar_zYsYxef3XW_20220724164928.jpg

    उनले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाए । विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताए । धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उनको भनाइ थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend