साफ महिला च्याम्पियनसिप : प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो

images
  • 122
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    साफ महिला च्याम्पियनसिप : प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो
    images

    ८ साउन, काठमाडौं ।

    आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुने साफ महिला च्याम्पियसिपका लागि प्रारम्भिक चरणमा ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

    मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । क्लोज क्याम्प सोमबारदेखि सुरु हुनेछ ।

    women-football.jpg

    लगातार दोस्रो पटक नेपालमा साफ महिला च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपमा आयोजक नेपालसहित पाँच पटकको विजेता भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

     प्रारम्भिक चरणमा बोलाइएका खेलाडी

     

    गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किसन

    डिफेण्डर : अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पुजा राना, बिमला बिक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, श्रृजना चेम्जोङ, समिक्षा घिमिरे, कुष्मा राई, गंगा गुरुङ, मोनिका कुशवार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर

    मिडफिल्डर : सुनकला राई, रेनुका नगरकोटे, दिल कुमारी रानामगर, पुर्णिमा हमाल, सरु लिम्बु, बिमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा राई, इन्दिरा राई, मन्जली कुमारी योन्जन, निर्मला उपाध्यय, दीपा शाही, हेमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐर, सुमित्रा सिंह पाख्रिन, दिपा न्यौपाने, सिर्जना खड्का, सन्जु कुमाल

    फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलान ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend