साफ यू-२० च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

images
  • 130
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    साफ यू-२० च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने
    images

    ११ साउन, काठमाडौं ।

    भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

    u-20-nepali-football.jpg

    नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ ।

    श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।

    नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए । ‘हामी पाँचै खेलको लागि तयारी गरेर आएका छौं । श्रीलंकाको पहिलो खेल हेरेर हामीले त्यही अनुसार यहाँ पनि तयारी गरेका छौं,’ मगलबार प्रशिक्षणपछि केसीले भने, ‘पहिलो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ ।’

    पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् ।

    आजै आयोजक भारत र बंगलादेशबीचको खेल ४ बजे हुनेछ । भारतको यो पहिलो खेल हुनेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend