राजविराजलाई प्रथम टी–२० मेयर कपको उपाधि, जनकपुर १० रनले पराजित

images
  • 174
    SHARES
  • चैत्र २६, २०७८ शनिबार
    राजविराजलाई प्रथम टी–२० मेयर कपको उपाधि, जनकपुर १० रनले पराजित
    images

    h.jpg

    काठमाडौं । राजविराज नगरपालिकाले विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि हात पारेको छ।शनिबार विराटनगर¬–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न उपाधि भिडन्तमा मधेस प्रदेशको राजविराजले जनकपुर उपमहानगरपालिकालाई १० रनको अन्तरले पराजित गरेको छ। 


    टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रनको मध्यम योगफल तयार गरेको थियो। सो क्रममा राजविराजका लागि विवेक यादवले २१ र पूर्वअन्तर्राष्ट्रिय खेलाडी महबुब आलमले १४ रन बनाए। जनकपुरका लागि सटिक बलिङ गर्ने क्रममा साइमन रोयले ४ ओभरमा ९ रन खर्चिंदै ३ विकेट लिएका थिए।

    निर्धारित लक्ष्य पछ्याउने क्रममा जनकपुरको टोलीले संघर्षमय खेलको प्रदर्शन गरेको थियो। यद्धपि, क्रिजमा राजविराजको किफायती बलिङसामु जनकपुरको टोली ६ विकेटमा ८७ रनमा अल आउट हुन पुग्यो। जनकपुरका लागि विशाल सुसबैनले ३० बलमा सर्वाधिक ३३ रन बनाए।

    जनकपुरलाई अन्तिम ओभरसम्म रन रोक्दै पराजयतर्फ धकेल्नका लागि विकास दास र विवेक यादवले सटिक बलिङ गरेका थिए। क्रिजमा जनकपुरका खेलाडी जम्न नदिने क्रममा विकासले ४ ओभरमा २२ खर्चिएर ३ विकेट र विवेकले ४ ओभरमा १६ दिदैं २ विकेट लिए। २१ रन र २ विकेट लिएका विवेक प्लेयर अफ म्याच भए।जित हात पारेको राजविराजले उपाधिसँगै १ लाख रुपैयाँ प्राप्त गरेको आयोजक पक्षका पुष्प थापाले जानकारी दिए। उपविजेता टोली जनकपुरले भने ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ।

    प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान राजविराजका विकास दास, उत्कृष्ट बलर राजविराजकै अनिल यादव र प्लेयर अफ दि सिरिज जनकपुरका हरिशंकर साह भए। प्रतियोगितामा ५८ रन बनाएका साहले कुल ७ विकेट लिएका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend