विज्नाल्डम भन्छन्- सलाहको सुझावले नै रोमा जाने निर्णय लिएको हुँ

images
  • 113
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    विज्नाल्डम भन्छन्- सलाहको सुझावले नै रोमा जाने निर्णय लिएको हुँ
    images

    काठमाडाैं  ।

    डच मिडफिल्डर जर्जिनियो विज्नाल्डमले इंग्लिस क्लब लिभरपुलका पूर्वसहकर्मी मोहम्मद सलाहको सुझावमा इटालियन सिरी ‘ए’ को क्लब एएस रोमा जाने निर्णय लिएको प्रतिक्रिया दिएका छन् । गत सिजन लिभरपुलबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका विज्नाल्डम नयाँ सिजनका गत सात लागि लोनमा रोमा पुगेका हुन् ।  ​

    Football_qbXYBFqMsb_20220810133524.jpg

    विज्नाल्डमले पाँच वर्षको एनफिल्ड बसाईमा एक च्याम्पियन्स लिग र एक  इंग्लिस प्रिमियर लिगको उपाधि जितेका थिए । उनका लागि २०२१/२२ सिजन भने सुखद रहेन । विज्नाल्डमले पिएसजीबाट गत सिजन ३१ लिग वान खेलमा मात्र एक गोल गर्न सकेका थिए । 

     

    ‘मलाई रोमाले अनुबन्ध गर्ने इच्छा देखाएपछि मैले पूर्वसहकर्मी मोहम्मद सलाहसँग सुझाव लिएको थिएँ’, उनले भने, ‘सलाहले सकारात्मक प्रतिक्रिया दिए । त्यस्तै, केभिन स्ट्रोटम्यानले पनि रोमा जान सल्लाह दिएका थिए ।’

     

    रोमाले नयाँ सिजनका लागि यसअघि नै निमान्जा माटिच र पाउलो डिबालालाई अनुबन्ध गरिसकेको छ । सलाह सन् २०१७ मा रोमाबाटै एनफिल्ड भित्रिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend