राप्तीमा एमालेबाट मेयरमा ८ र उपमेयरमा ९ जनाको दाबी

images
  • 198
    SHARES
  • चैत्र २७, २०७८ आइतबार
    राप्तीमा एमालेबाट मेयरमा ८ र उपमेयरमा ९ जनाको दाबी
    images

    आशिष उप्रेती, चैत २७, चितवन,

    पूर्वी चितवनको राप्ती नगरपालिकामा एमालेबाट मेयरमा ८ जना र उपमेयरमा ९ जनाले आकांक्षा राखेका छन् ।

    278074982_1299575147200415_7291164479302743341_n.jpg

    नेकपा एमाले राप्ती नगर कमिटीले आईतबार दिउसो १२ बजेसम्म मेयर र उपमेयरमा दावी पेश गर्न समयसिमा तोकेको थियो । तोकिएकै समयसिमा भित्र दावी पेश गरीएको छ । राप्ती नगरपालिकामा हालका उपमेयर ईमानसिंह लामा सहित ८ जनाले मेयरमा दावी पेश गरेका छन् । नेकपा एमाले राप्ती नगर कमिटीका अध्यक्ष पूर्णबहादुर थापाका अनुसार मेयरमा दाबी पेश गर्ने अन्यमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोबिन्द प्रसाद कडेल, नेकपा एमाले जिल्ला कमिटि सदस्य घनश्याम कडेल, धर्मराज कडेल, रामबहादुर मगर, पुष्पा कुँवर, श्यामसुन्दर उप्रेती, राजकुमार भट्ट समेत छन् । उनीहरु सबैले लिखित रुपमा नगर कमिटी कार्यालयमा निवेदन पेश गरेका हुन् ।

    त्यसैगरि उपमेयरमा निलिमा गोङवा, कृष्णकुमारी भाट, मेनुका पाठक, सुशिला कुमारी पौडेल, श्यामकृष्ण आचार्य, प्रतिभा पाण्डे, कल्पना लामा मुक्तान, दिलकुमारी लामा, नानीबाबु प्रजाले दाबी पेश गरेको नगर कमिटीका अध्यक्ष थापाले बताए । राप्ती नगरपालिकाको नगर प्रमुखमा हाल प्रभा बराल छिन् । उनले भने दाबी पेश गरिनन् । यसअघिको २०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend