नेपाल एएफसी फुटसल एसियन कपको समूह चरणबाटै बाहिरियो

images
  • 207
    SHARES
  • चैत्र २८, २०७८ सोमबार
    नेपाल एएफसी फुटसल एसियन कपको समूह चरणबाटै बाहिरियो
    images

    futsall_20220411161117.jpgकाठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ।नेपाल ताजकिस्तानसँग ११–१ गोल अन्तरले हारेको हो। लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

     

     

    किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गरेको थियो।नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए। यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो।

    समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend