जसपाको केन्द्रिय केन्द्रिय राजनितिक समितिको बैठक बस्दै, यि हुन एजेण्डा

images
  • 140
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    जसपाको केन्द्रिय केन्द्रिय राजनितिक समितिको बैठक बस्दै, यि हुन एजेण्डा
    images

    काठमाडौं 

    जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ ।

    Upendra-Yadab_20210616084200.jpg

     

    ‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।

    १५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।

    बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए । जसपा केन्द्रीय कार्यालयका अनुसार यस्ता छन् बैठकका ४ एजेन्डाहरु :

    १. आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी सम्बन्धमा ।

    २. गठबन्धन दलभित्र सीट संख्या विभाजन र उम्मेदवारहरूको मापदण्ड निर्धारण ।

    ३. विभाग तथा भ्रातृ संगठनहरूको पुनर्गठनबारे ।

    ४. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरू ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend