आँबुखैरेनी ४ वडाध्यक्षमा काँग्रेस उपसभापति एंव युवा नेता विजय गुरुङको दाबी

images
  • 159
    SHARES
  • चैत्र २८, २०७८ सोमबार
    आँबुखैरेनी ४ वडाध्यक्षमा काँग्रेस उपसभापति एंव युवा नेता विजय गुरुङको दाबी
    images

    आँबुखैरेनी, २८ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनमा आकांक्षीहरुले धमाधम उम्मेद्वारी दावी गर्न थालेका छन्। जस अनुरुप आँबुखैरेनी गाउँपालिका ४ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट युवा नेता विजय गुरुङले पनि आफ्नो दावी प्रस्तुत गरेको छ।

     
    1649652531-7QMMA.jpg

    उनले वडाध्यक्षमा दावी गर्दै केहि दिन अघि पार्टीमा आवेदन दिएका छन्। हाल नेपाली काँग्रेसको आँबुखैरेनी गाउँपालिका कार्यसमितिको उपसभापति रहेका गुरुङ नेपाल तरुण दल आँबुखैरेनी गाउँकार्यसमितिको सभापति समेत हुन्।

    २०६८ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको आँबुखैरेनी गाविस उपाध्यक्ष हुदै राजनैतिक यात्रा सुरु गरेका गुरुङले विभिन्न सामाजिक संघसंस्था सहित पार्टीको विभिन्न विभागमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

    उनले सामाजिक क्षेत्रमा पुलजिप खानेपानी उपभोक्ता समितिमा अध्यक्ष, पुलजिप युवा क्लबको संस्थापक सचिव, कोषाध्यक्ष र अध्यक्ष, पुलजिप प्रहरी सेवा केन्द्रको अध्यक्ष रहिसकेका छन्। 

    अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस जिताउनका लागि उल्लेख्य भुमिका निर्वाह गरेका गुरुङले उक्त निर्वाचनमा बुथ संयोजक समेत रहेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend