देवघाट तनहुँ: स्थानीय तहको निर्वाचन नजिकै संगै देशको विभिन्न स्थानीय तहहरु गाउँपालिका,नगर पालिका,उप-महानगर पालिका,महानगर पालिकाहरुमा विभिन्न पार्टीका उम्मेदवारहरुको आकांक्षी यतिबेला धेरै देखिएका छन्।

देवघाट गाउँपालिकाको सिटि हलमा भएको नेकपा एमाले पार्टी देवघाटकोको गाउँ कमिटी बैंकठ कार्यक्रममा आज नेकपा एमाले बाट अध्यक्षतामा ६ जना र उपाध्यक्षमा ३ जान आकांक्षी देखिए पछि नेकपा एमाले देवघाट कमिटीले तनहुँ जिल्ला कमिटीमालाई सिफारिस गर्ने आज बसेको बैठकले निर्णय गरिएको छ।

यस पटक हालका अध्यक्ष दुर्ग बहादुर थापामगर,नेकपा जिल्ला कमिटी सदस्यद्वय बाबुराम अधिकारी,शिवराज पौडेल,देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने,गाउँ कमिटीका सचीव भिम बहादुर गुरुङ र देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ देवघाट र उपाध्यक्षमा नेकपा जिल्ला सदस्य जुलिमायाँ सारुमगर र नेकपा एमाले जिल्ला सदस्य एवं देवघाट ५ का वडा सदस्य एवं ठाकुर कुमारी काफ्ले र अनेम संघ जिल्ला सदस्य सावित्री न्यौपानेको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय आज भएको नेकपा पार्टी अध्यक्ष देवघाटका केशव चन्द्र न्यौपाने जानकारी दिनुभएको थियो।




