चितवनमा २५ मतदान केन्द्र ‘अति संवेदनशील’, निर्वाचन सुरक्षा योजना बनाउँदै प्रशासन

images
  • 181
    SHARES
  • चैत्र २९, २०७८ मंगलबार
    चितवनमा २५ मतदान केन्द्र ‘अति संवेदनशील’, निर्वाचन सुरक्षा योजना बनाउँदै प्रशासन
    images

    चितवन, चैत २९

    चितवनमा आगामी निर्वाचनमा २५ वटा मतदान केन्द्र अति संवेदनशील देखिएका छन् ।

    jjjj.png

    जिल्ला प्रशासन कार्यालयमा चितवनका सुरक्षा अधिकारीहरुको आज सम्पन्न बैठकले ती मतदान केन्द्रलाई अति संवेदनशील भन्दै परिभाषित गरेको हो ।

    जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई तीन तहमा वर्गीकरण गर्ने प्रचलन रहेको छ । चितवनका सुरक्षा अधिकारीहरुले जिल्लाका १६१ मतदान स्थलमध्ये ४४ वटालाई सामान्य, ९२ वटा संवेदनशील र २५ वटालाई अति संवेदनशील भनेर निर्धारण गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार सुरक्षाको दृष्टिकोण, भौगोलिक दूरी, मतदान स्थलमा भएका भौतिक पूर्वाधार र निर्वाचनको दिन हुने भीडभाडका कारणले २५ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

    चितवनका प्रहरी प्रमुख नरहरि अधिकारीले सुरक्षा योजना भोलि बुधबारसम्म तयार भएपछि म्यादी प्रहरी र सुरक्षा अधिकारीहरुको परिचालन हुने जानकारी दिए । चितवनका २५ सहित बागमती प्रदेशमा ३१० मतदान स्थल अति संवेदनशील सूचीमा छन् । बागमतीमा ६७१ वटा संवेदनशील र ८११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ ।

     

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend