भरतपुर, २९ चैत
तमु ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ तमु चयन हुनुभएको छ । चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट भरतपुर–१९ का वडाध्यक्ष गुरुङ केन्द्रीय अध्यक्ष बन्नुभएको छ । महाधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसमध्ये ५ जना मनोनित हुनुभएको छ ।

बरिष्ठ उपाध्यक्षमा काठ्माण्डौका आरवि तमू, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर तमू, ओखलढुङगाका टेकबहादुर तमू, गोर्खाका नरबहादुर तमू, तनहुँका धनमान तमू, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण तमू, महिला उपाध्यक्षमा गोर्खाका भगवती तमू चयन हुनुभएको छ । महासचिवमा सुनसरीका डम्बरबहादुर तमू, सहमहासचिवमा कास्कीका मनोज तमू, उपमहासचिवहरुमा गोर्खाका राजु गुरुङ र दिल तमू, सचिवहरुमा चितवनका सन्तलाल तमू, धादिङका गोपाल तमू, प्युठानका जिएस तमू, महिला सचिवमा काठ्माण्डौका देवकुमारी तमू, कोषाध्यक्षमा स्याङजाका सिरीसाद तमू, सहकोषाध्यक्षमा ललितपुरका गंगाबहादुर तमू चयन हुनुभएको छ ।
यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान तमू, मधेस प्रदेशमा एकबहादुर तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, गण्डकी प्रदेशमा दलबहादुर तमू, लुम्बिनी प्रदेशमा झपटबहादुर तमू, कर्णाली प्रदेशमा नन्दबहादुर तमू, सुदुरपश्चिम प्रदेशमा मनबहादुर तमू चयन हुनुभएको छ । काठ्माण्डौ उपात्याका प्रमुखमा लोकबहादुर तमू, सचिवालय सदस्यमा हरिमाया तमु चयन हुनुभएको छ ।
महाधिवेशनले १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य चयन हुनुभएको छ । गुरुङ राष्ट्रिय महाधिवेशनबाट चितवनका ५ जना केन्द्रीय नेतृत्वमा पुग्नुभएको छ । चितवनबाट केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ, सचिवमा सन्तलाल गुरुङ, बागमती प्रदेशमा गणेशबहादुर गुरुङ, केन्द्रय सदस्यहरुमा हिमाल तमू, भैखुकुमारी तमू चयन हुनुभएको छ । महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान तमू, लेखा समिति संयोजकमा खेमजङ तमू चयन हुनुभएको छ ।



