काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत सिफारिस

images
  • 86
    SHARES
  • भाद्र १८, २०७९ शनिबार
    काठमाडौं-४ बाट गगन थापा सर्वसम्मत सिफारिस
    images

    काठमाडौं ।

    आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

    Gagan-thapa.jpg

    शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । ‘काठमाडौं-४ बाट महामन्त्री गगन थापाको मात्रै नाम सिफारिस गर्‍यौं,’ क्षेत्रीय सभापति श्यामकृष्ण संगतले भने, ‘सर्वसहमतिले उहाँको नाम जिल्ला कार्यसमितिमा पठाएका छौं ।’

     

    यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend