अब्दुल्लाहमय रह्याे नेपाली फुटबल

images
  • 203
    SHARES
  • चैत्र ३०, २०७८ बुधबार
    अब्दुल्लाहमय रह्याे नेपाली फुटबल
    images

    काठमाडौं । कोरोना भाइरसका कारण नेपाली खेलकुद चल्न सक्ने अवस्थामा थिएन । लथालिंग थियो । कुनै संघ आफ्ना कार्यक्रम अगाडि बढाउन सक्ने अवस्थामा थिएनन् । तर यस्तो अवस्थामा नेपाली खेलकुदको सबैभन्दा ठंलो र चलायमान रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने प्रशिक्षक विभागमा रहने गरी कुवेत नागरिक अब्दुल्लाह अल्मुताइरीलाई नेपाल झिकायो । अब्दुल्लाहलाई एन्फाका तत्कालीन प्रवक्ता किरण राईले सातदोबाटोस्थित मुख्यालयमा २२ चैत २०७७ मा मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरे । यो त भयो वर्ष २०७७ को  कुरा । अहिले हामी वर्ष २०७८ को अन्त्यमा छौं । याे वर्ष नेपाली फुटबलमा देखिएका र भएका समसामयिक विषयलाई प्रस्तुत गर्नेछौं ।

     

    कोरोनाका कारण ०७८ वर्षको सुरुआतमा सरकारले अत्यावश्यकबाहेक अन्य कार्य गर्न नदिने निर्णय गर्‍याे । यस्तो अवस्थामा पहिलो पटक भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) भने जारी रह्यो । सात टोली सहभागी रहेको एनएसएलमा वैशाख र जेठमा आयोजना भएको थियो । 

    एसएसएस समाप्तिसँगै प्रशिक्षक अब्दुल्लाहले कतार फिफा विश्वकप-२०२२ छनोटको दोस्रो चरणका लागि ३२ खेलाडीलाई प्रारम्भिक छनोटमा स्थान दिए । जसमा त्यसअघिका नियमित र नयाँ १३ खेलाडी टिम बाहिर रहे । ६ नयाँ खेलाडीलाई पहिलो पटकअवसरसमेत दिए । यसपछि उनले आफ्नो पहिलो भ्रमणका रूपमा इराकतर्फ लागे । जहाँ टोलीले सुधारिएको खेल प्रदर्शन गर्दै घरेलु टोलीलाई ६-२ को नतिजा सुम्पियो । 

    यो त भयो वर्षको सुरुआत र नेपालले अब्दुल्लाहको प्रशिक्षणमा खेलेको पहिलो प्रतियोगिता । पहिलो खेलसँगै प्रशिक्षक अब्दुल्लाहको चर्चा चुलिँदै गयो । यसपछि नेपाली टिमले कुवेतमा दोस्रो चरणका खेल खेल्यो । २० जेठमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्याे । २४ र २८ जेठमा नेपाल क्रमशः जोर्डन र अष्ट्रेलियासँग समान ३-० अन्तरले पराजित भयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend